+

पाँचौ स्थानमा उक्लियो वल्भ्स, भिल्लालाई रेलिगेसन चिन्ता

२०७७ असार  १३ गते २१:०९ २०७७ असार १३ गते २१:०९
पाँचौ स्थानमा उक्लियो वल्भ्स, भिल्लालाई रेलिगेसन चिन्ता

काठमाडौं । एस्टन भिल्लालाई पराजित गर्दै वल्भ्स प्रिमियर लिगको अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा वल्भ्सले एस्टनभिल्लालाई १-० ले पराजित गरेको हो ।

खेलको ६२औं मिनेटमा लिएनडर डेनडोनकरले गरेको गोल नै वल्भ्सलाई जिताउन निर्णायक बन्यो ।

म्यानचेष्टर युनाइटेडलाई ३ अंकले पछि पारेको वल्भ्सको नजर शीर्ष चारमा छ । ३२ खेलबाट वल्भ्सको ५२ अंक छ । वल्भ्स एक खेल कम खेलेको लेस्टरभन्दा ३ र चेल्सीभन्दा २ अंकले पछि छ ।

उता हारपछि एस्टनभिल्लालाई भने रेलिगेसन खतरा बढेको छ । ३२ खेलबाट २७ अंक रहेको भिल्ला पूछारबाट दोस्रो स्थानमा छ । वेष्टह्याम र बर्नमाउथ समान अंक भएपनि भिल्ला गोलअन्तरमा पछि छ ।

लिग लिडर लिभरपुलले ७ खेल नै यस सिजनको प्रिमियर लिग उपाधि पक्का गरिसकेको छ ।

वल्भ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय