Comments Add Comment

सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

१४ असार, काठमाडौं । सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी महिलाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालका मेसु डा. लक्ष्मण खड्काका अनुसार मृतक महिलाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाबको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि असार ११ गते दिउँसो अस्पतालमा भर्ना भएकी २१ वर्षीया महिलाको उपचारको क्रममा सोही दिन राति मृत्यु भएको थियो ।

महोत्तरीको बर्दिवास–३ घर भएकी महिलालाई सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ माइती घरबाट उपचारका लागि बिहीबार दिउँसो सिन्धुली अस्पताल ल्याएको थियो ।

मृतक महिलामा कोरोना संक्रमणसँग मिल्दोजुल्दा लक्षण देखिएकाले शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि टेकु पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment