Comments Add Comment

प्रदेश २ मा ३७ जनामा कोरोना संक्रमण

१६ असार, वीरगञ्ज । प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीमा २९, रौतहटमा ५, धनुषामा ३ जनामा संक्रमण देखिएको हो । १ सय ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको ल्याबका निर्देशक रामविनय साहले जानकारी दिए ।

महोत्तरीको सम्सी क्वारेन्टिनका मात्रै २४ जनामा संक्रमण देखिएको छ । यहाँ असार १३ गते १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

महोत्तरीकै बेल्वा र एकडरवामा २/२ जना र महोत्तरी क्वारेन्टिनका १ जनामा संक्रमण देखिएको छ । धनुषाको सबैलाका तीन जनामा र रौतहटको स्वास्थ्य कार्यालयमा लिइएको स्वाबमध्ये ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment