Comments Add Comment

सगुन नेपाली र अमेरिकी कानुनअनुसार सञ्चालन भएको स्पष्टीकरण

गैर आवासीय नेपाली र केही विदेशीले लगानी गरेको सामाजिक सञ्जाल सगुनले कम्पनी अमेरिकी कानुनअनुसार सञ्चालन भएको जनाएको छ।

सगुनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सगुनबारे फैलाइएको भ्रमको खण्डन गरेको छ। सगुनले अमेरिकी शेयर बजारमा सूचीकृत भएको जनाउँदै अमेरिकामा यसले शेयर कारोबार गर्दै आएको जनाएको छ। यस्तै नेपालमा पनि सगुनले नेपाली कानुनअनुसार दर्ता गरिएको जनाएको छ।

सगुनले नेपाली लगानीकर्ताहरुले सोझै सगुनमा लगानी गर्न नपाउने जनाएको छ। लगानी गर्न चाहने नेपालीले अनलाईनबाट लगानी गर्नुपर्ने उसले बताएको छ।
सगुन अमेरिकामा २००६ मा, भारतमा २०१७ मा र नेपालमा २०१६ मा दर्ता भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment