+
+
Shares

लिभोनबाट सञ्चालित ‘सिल्की हेयर एण्ड स्मुथ राइड’को विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १८:१८

भाटभटेनीले लिभोनसँग मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ।

यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गर्ने व्यवस्था गरिएको छ।

आइतबार आयोजित विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरिन्।

जसअनुसार यो महिनाको लागि “सिल्की हेयर एण्ड स्मूथ राइड” को यामाहा फेसिनो बाइक विजेता कुपन नं ३३४० बाट कपन निबासी निशा सुनुवार बनेका छन्।

उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे।

यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहने कम्पनीले बताएको छ।

लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो।

सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै सफलता प्राप्त गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?