+

काठमाडौं महानगरभित्रका ए डिभिजन क्लबलाई १० लाख सहयोग

२०७७ असार  २२ गते १५:२६ २०७७ असार २२ गते १५:२६
काठमाडौं महानगरभित्रका ए डिभिजन क्लबलाई १० लाख सहयोग

२२ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका ६ वटा ए डिभिजन क्लबलाई सोमबार महानगरपालिकाले १०/१० लाख रुपैयाँका दरले सहयोग गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नगरप्रमुख विद्यासुन्दर शाक्यले क्लबलाई सहयोग रकम हस्तान्तरण गरे ।

आर्थिक सहयोग पाउनेमा मछिन्द्र क्लब, सरस्वती युवा क्लब,  हिमालयन शेर्पा क्लब,  काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब रहेका छन् ।

उक्त अवसरमा नगरप्रमुख शाक्यले खेलकुदलाई सहरी जीवन पद्धति नै बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने बताए ।

‘जनप्रतिनिधि चुनिएर आएपछि भौतिक पूर्वाधार निर्माण, संम्पदा संरक्षण, हरियाली प्रवर्द्धनलगायतका क्षेत्रमा काठमाडौं महानगरपालिकाले काम गर्दै आएको छ,’ प्रमुख शाक्यले भने, ‘त्योसँगै हामीले खेलकुद, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर निरन्तर काम गर्दै आएका छौं।’

प्रमुख शाक्यले महानगरपालिका क्षेत्रका ए डिभिजन क्बललाई १०, बीलाई तीन लाख र सीलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि काठमाडौं महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का  अध्यक्ष कर्माछिरिङ शेर्पाले काठमाडौं महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे ।

‘डिभिजन क्लबहरूलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौं महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्,’ शेर्पाले भने । काठमाडौंका खुला ठाउँहरूको खोजी गरी त्यहाँ खेल अभ्यासका लागि उपयुक्त स्थान बनाउनेबारे छलफल भइरहेको शेर्पाले बताए ।

मछिन्द्र क्लबका अध्यक्ष प्रवोधवीर सिंह कंशाकारले पनि खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे ।

ए डिभिजन क्लब काठमाडौं महानगरपालिका खेलकुद फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय