२४ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा थप दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दित क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको डा. खड्काले बताए । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।
यसअघि पनि असार ११ गते दुईजना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए ।