
२४ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणका क्रममा सिराहामा २ जना, सप्तरीमा २ जना र बारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सिराहाको नवराजपुर नगरपालिका– ५ का २ जना, सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ३, ९ र १० का ४ जना र बाराको निजगढ नगरपालिका–७ का १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ७ सय ६१ पुगेको छ । जसमा २ सय ४७ जना महिला संक्रमित छन् ।
मन्त्रालयका अनुसार स्वाब संकलन गरिएको मध्ये २ हजार ३ सय ९५ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । २ हजार ७ सय १ जना संकास्पद संक्रमित प्रदेश २ का विभिन्न क्वारेन्टिनमा बसिरहेका छन् ।
२८ जना डिस्चार्ज
बुधबार प्रदेश २ बाट २८ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । अस्पतालमा हेरचाह र उपचारपछि एक जना महिला र २७ जना जना पुरुष डिस्चार्ज भएर घर फर्किएको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
प्रदेश २ मा हालसम्म २ हजार २ सय ४० जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
प्रतिक्रिया 4