२५ असार काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले न्यूकासल युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीको सहज जितमा पाँच फरक खेलाडीले गोल गरे । एक गोल भने न्यूकासलका खेलाडीले आत्मघाती गरेका थिए ।
सिटीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो । गाब्रिएल जेससले १०औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने २१औं मिनेटमा रियाद महारेजले अग्रता दोब्बर पारे । ५८औं मिनेटमा न्यूकासलका फर्नान्डेजले आत्मघाती गोल गर्दा सिटीले ३-० को अग्रता बनायो ।
६५औं मिनेटमा डेभिड शिल्भा र इन्जुरि टाइममा रहमि स्टर्लिङले गोल थपेपछि सिटीले फराकिलो जित हात पारेको हो ।
जितपछि ३४ खेलबाट ६९ अंक जोडेको सिटी दोस्रो स्थानमा यथावत छ । समान खेलबाट ४३ अंकसहित न्यूकासल १३औं स्थानमा छ ।
प्रतिक्रिया 4