Comments Add Comment

१०८ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

२५ असार, काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बागलुङ र दैलेखमा ३/३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २/२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १/१ जनामा संक्रमण भएको छ ।

बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।

नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

७ जिल्लामा ५ सय भन्दा बढी, ५ जिल्ला कोरोना मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ वटा जिल्लामा हाल उपचाररत अवस्थामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी छ । यी जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्लामा हाल कोरोना संक्रमणका एक जना पनि बिरामी छैनन् ।

कुन प्रदेशमा कति संक्रमित ?

हाल उपचाररत अवस्थामा रहेका संक्रमितमध्ये प्रदेश १ मा १९६, प्रदेश २ मा २०२४, बागमतीमा ४२९, गण्डकीमा ८६२, प्रदेश ५ मा १७२७, कर्णालीमा ४०५ र सुदूरपश्चिममा २९६२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment