
नायक प्रभाषले चलचित्र ‘बाहुबली’मा काम गरेपछि विश्व बजारमा चर्चा पाए । यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडिदियो ।
अब, उनै प्रभाष नयाँ चलचित्रमार्फत दर्शकमाझ आउने तयारीमा छन् । प्रभाषको नयाँ चलचित्रको नाम ‘राधे श्याम’ राखिएको छ । बजारमा उनको चलचित्रको नामको विषयमा विभिन्न चर्चा चलेका थिए । चलचित्रमा प्रभाषको जोडीको रुपमा नायिका पूजा हेगडेले अभिनय गरेकी छन् ।
चलचित्रको फस्टलुकमा प्रभाष र पूजा रोमान्टिक मुडमा देखिएका छन् । राधाकृष्ण कुमारको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई आउँदो वर्ष रिलिज गर्ने तयारी गरिएको छ । यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिललगायतका भाषामा रिलिज गरिनेछ ।
भुषण कुमार, भाम्सी र प्रमोदले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्र कस्तो कथामा बन्न लागेको हो भन्ने खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4