Comments Add Comment

जाजरकोटको पहिरोमा ७ जनाकाे मृत्यु, ५ जना बेपत्ता

२६ असार, काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये सातजनाको शव भेटिएको र जसमध्ये तीनजनाको पहिचान खुल्न सकेको छैन ।

पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका-४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका-४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । ‘घटनाबारे म साथीहरुको सम्पर्कमै छु,’ डीएसपी श्रेष्ठले भने, ‘बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment