Comments Add Comment

युरोपा लिगको ड्र सार्वजनिक

२६ असार, काठमाडौं । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युईएफए युरोपा लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । युईएफएले अन्तिम ८ को ड्र शुक्रबार सार्वजनिक गरेको हो ।

कोरोना महामारीले रोकिएको युरोपा लिग अगस्ट दोस्रो सातादेखि फेरि सुरु हुँदैछ । अन्तिम १६ को बाँकी खेलहरुसँगै प्रतियोगिता पुनः सुरु हुनेछ । सार्वजनिक ड्र अनुसार क्वाटरफाइनलमा वल्फवर्ग र शाख्तर डोनेक्स बीचको विजेताले फ्रान्कफर्ट र बासेलबीचको विजेतासँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाइटेड र एलएएसकेबीचको विजेताले इस्तानबुल र कोपेनहेगनबीचको विजेतासँग खेल्नेछ ।

इन्टर मिलान र गेटाफेबीचको विजेताले रेन्जर्स र बायर लेभरकुजनबीचको विजेतासँग तथा ओलम्पिकोस र वल्भ्सबीचको विजेताले सेभिया र रोमाबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment