Comments Add Comment

म्यानचेस्टर सिटीको प्रतिबन्ध हट्यो

२९ असार, काठमाडौं । इंगलिस क्लब म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिवन्धको कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले खारेज गरिदिएको छ ।

सोमबार भएको सुनुवाईमा अदालतले सिटीको पक्षमा फैसला गरेको हो । यसले सिटीलाई ठूलो राहत मिलेको छ भने युरोपियन क्लब प्रतियोगिता खेल्ने बाटोसमेत खुलेको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।युईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको थियो ।

यस्तै सिटीलाई ३० मिलियन युरोसमेत जरिवाना गरिएको थियो । प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसअघि क्लबमाथि लागेको प्रतिबन्ध फुकुवा हुनेमा विश्वास रहेको बताउँदै आएका थिए ।

सिटीको प्रतिबन्ध फुकुवा भएपछि अब सिटीले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्न पाउनेछ । सिटीले १० मिलियन युरो जरिवाना भने बुझाउनुपर्नेछ ।

सिटी अहिले ३५ खेलबाट ७२ अंकसहित प्रिमियर लिगमा दोस्रो स्थानमा छ र शीर्ष चारमा रहने पक्का छ । अब चेल्सी, लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडबीच शीर्ष चारमा पर्दै च्याम्पियन्स लिग खेल्न कडा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment