+
+

सिक्स जी इन्टरनेटको स्पिड, एक हजार गिगाबिट प्रति सेकेण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १३:३३

अहिले फाइभ जी इन्टरनेटसमेत व्यवसायिक तवरमा विश्वव्यापी बनिसकेको छैन । दक्षिण कोरियाली कम्पनी सामसुङले चाहिँ सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरिसकेको छ ।

आगामी सन् २०२८ भित्रमा सिक्स जी इन्टरनेट संरचनाको निर्माण सम्पन्न भई व्यवसायिकरुपमा प्रयोगमा ल्याउने योजना सामसुङको रहेको बताइएको छ । सन् २०३० सम्ममा विश्वमा आमरुपमा सिक्स जी इन्टरनेट प्रयोग हुनेछ ।

सामसुङले सन् २०१९ को मे महिनामा एडभान्स्ड कम्युनिकेसन रिसर्च सेन्टरको स्थापना गरी सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरेको थियो । सोही रिसर्च सेन्टरले गरिरहेको अनुसन्धानले सिक्स जी इन्टरनेटको भविष्यका विषयमा यस्तो प्रक्षेपण गरेको हो ।

सामसुङका अनुसार सन् २०३० सम्ममा विश्वका ५ खर्ब डिभाइसमा सिक्स जी इन्टरनेट जोडिएको हुनेछ । उक्त समयसम्ममा मोबाइल फोनहरु विभिन्न स्वरुप तथा प्रविधिका साथमा उपलब्ध हुनेछन् जसमा अग्मेन्टेड रियालिटी ग्लास, भर्चुअल रियालिटी हेडसेड तथा होलोग्राम लगायत रहनेछन् ।

इमर्सिभ एक्स आर, मोबाइल होलोग्राम तथा डिजिटल रेप्लिका जस्ता मल्टिमिडिया डिभाइसका लागि सिक्स जी को अतिउच्च स्पिडको इन्टरनेट अत्यावश्यक हुनेछ । सिक्स जी कनेक्टिभिटीको पिक डाटा स्पिड १ हजार गिगाबिट प्रतिसेकेण्ड हुने अपेक्षा गरिएको छ । यो स्पिड फाइभ जी को भन्दा ५० गुणा धेरै हो । फाइभ जी को पिक डाटा स्पिड २० गिगाबिट प्रति सेकेण्ड रहेको छ ।
नेटवर्क कभरेज विस्तार गर्नका लागि सिक्स जी नेटवर्कमा टेराहर्ज पि|mक्वेन्सी ब्याण्डको प्रयोग गरिनेछ । सिक्स जी सँगै वायरलेस कम्युनिकेसन प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हुने अपेक्षा गरिएको छ ।

विश्वमा अहिले फाइभ जी इन्टरनेटको व्यवसायिकरण नै निकै प्रारम्भिक चरणमा रहेको अवस्थामा सिक्स जी का बारेमा तयारी थाल्नु निकै हतार हुनसक्ने तर्कसमेत नगरिएको होइन । तर सामसुङको एडभान्स्ड कम्युनिकेसन्स रिसर्च सेन्टरका प्रमुख सुंघिउनका अनुसार सिक्स जी नेटवर्कको विकास तथा व्यवसायीकरणसम्म पुग्नका लागि कम्तिमा १० वर्ष लाग्ने हुनाले अहिलेबाटै सिक्स जीको तयारी सुरु गर्नु वाञ्छनीय हुने दाबी गर्दछन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?