+
+
Shares

दोहोरी गीतको भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १५:५२

कोरोनाको कारण मनोरञ्जन क्षेत्र सुस्ताएको छ । खासगरी चलचित्र, नाटक जस्ता माध्यामहरु ठप्प छन् । यद्यपि गीत–संगीत क्षेत्र भने बिस्तारै तंग्रिदैछ । लकडाउनकैबीचमा केही नयाँ गीत सार्वजनिक भए । म्युजिक भिडियो बने ।

यसबीचमा सार्वजनिक भएको छ, एउटा म्युजिक भिडियो । उक्त भिडियो दोहोरी गीतको हो । शीर्षक राखिएको छ, हाम्रो गीत ।

प्रभावन जेले गाएको गीतमा भुवन बडु, जीवन बडु, पुस्पाबोहरा, स्मृतिशाही, बिबेक चौलागाईं र माही बडुको पार्श्व स्वर रहेको छ । यसको शब्द, लय एवं संगीत पनि प्रभावन जेको हो । म्युजिक भिडियो निर्देशन पनि उनैले गरेका छन् ।

भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजिकुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानीको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोलाई माधव श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?