Comments Add Comment

एकै देशका दुई प्रधानमन्त्री कोरोना संक्रमित

बोस्नियाका प्रधानमन्त्री फादिल नोभालिक ।

१ साउन, काठमाडौं । सन् १९९० मा युगोस्लोभाकिया टुक्रिएपछि बाल्कन प्रायद्वीपको बोस्निया एण्ड हर्जगोभिना अस्तित्वमा आएको थियो । नश्लीय आधारमा यहाँ अहिले फेडेरेसन अफ बोस्निया एण्ड हर्जगोभिना र अर्को रिपब्लिका सर्प्सका गरी दुईवटा सरकार अस्तित्वमा छन् । दुवैको आ-आफ्नै संविधान र प्रधानमन्त्री छन् ।

यद्यपि अहिले एउटा कुरा भने समान छ, त्यो हो दुवै सरकारका प्रधानमन्त्री कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् । बोस्नियाका प्रधानमन्त्री फादिल नोभालिक एक समारोहमा भाग लिने क्रममा बिरामी परेका थिए । उनलाई परीक्षणको क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई अहिले साराजेभोको एक अस्पतालमा कोरोना भाइरस वार्डमा राखिएको छ ।

उनका समकक्षी रिपब्लिका सर्प्सकाका प्रधानमन्त्री रडोभान भिस्कोभिकलाई बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिले यो मुलुकमा कोरोना भाइरसका सात हजार ४११ संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।

बोस्निया र हर्जगोभिना सन् १९९२ मार्च १ मा युगोस्लोभाकियाबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको थियो । ठूलो विभाजनकारी युद्धपछि टुक्रिएर बोस्निया र हर्जगोभिना एक स्वतन्त्र मुलुक बनेको थियो । तर संघर्ष भने जारी थियो । सन् १९९५ मा यो क्षेत्रमा जारी रहेको लडाइँ अन्त्यका लागि डेटोन शान्ति सम्झौतामा हस्ताक्षर भयो । यो सम्झौतामा सर्बिया, बोस्निया र हर्जगोभिना र क्रोएसियाले हस्ताक्षर गरेका थिए । यो सम्झौता भए पनि फरक फरक आस्था राख्ने मानिसको बीचमा विभाजन भने सम्झौता पछि पनि कायमै रह्यो । जसका कारण बोस्निया र हर्जगोभिना सम्भवतः विश्वको सबैभन्दा जटिल शासन प्रणाली भएको मुलुक बन्न पुग्यो ।

अहिले बोस्निया र हर्जगोभिनामा दुई सरकार अस्तित्वमा छन् । एउटा फेडेरेसन अफ बोस्निया एण्ड हर्जगोभिना र अर्को रिपब्लिका सर्प्सका । यी दुवै सरकार नश्लीय विभाजनको आधारमा बनेका सरकार हुन् । फेडेरेसन अफ बोस्निया हर्जगोभिनाको मुख्य सहरहरू राजधानी सराजेभो, मोस्टारका सहर, टुल्जा, बिहाक, जेनिका रहेका छन् । जबकि रिपब्लिका अफ सर्प्सकाको मुख्य सहर बन्जा लुका, बिजेल्जिना, प्रिजेडोर र ट्रेबिन्जे हुन् । दुवै सरकारको एउटै आधिकारिक क्षेत्र बर्को जिल्ला हो । यहाँ बहुआध्यात्मिक समूह र स्वशासित प्रशासनिक एकाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment