Comments Add Comment

बनारसमा नेपालीमाथि दुर्व्यवहार, कारबाही गर्ने मुख्यमन्त्रीको वचन

२ साउन, काठमाडौं । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुर्व्यवहार भएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् । उनी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका छन् ।

घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको छ । लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध प्रहरीले एफआईआर दायर भएको छ ।

यसैबीच नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका छन् ।

यस्तो घटनालाई लिएर दुई देशको सम्बन्ध बिग्रन नदिने विषयमा मुख्यमन्त्रीसँग छलफल उनले जानकारी दिए । ‘मुख्यमन्त्रीले घटनामा संलग्नलाई सख्त कारवाही गर्छु भन्नुभएको छ’ राजदूत आचार्यले अनलाइनखबरसँग भने, ‘नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीहरू असुरक्षित हुनुहुँदैन भन्नेमा उहाँ सहमत हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment