+
+
Shares

भारतमा कोरोना खोपको मानिसमा परीक्षण शुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १६:१४

२ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार शुक्रबार भारतको पीजीआई रोहतकमा उक्त खोपको मानिसमा परीक्षण शुरु गरिएको हो ।

भारत बायोटेक कम्पनीले निर्माण गरेको उक्त खोप यसअघि मुसा र खरायोमा परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको बताइएको छ ।

यो परीक्षण सफल भएपछि अहिले मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु भएको हो । यो परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको स्वास्थ्यमन्त्री अनिलले बताएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले समग्र विश्वभर फैलिएको छ । भारतमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?