+
+
Shares

३१ बर्षमा पुष्प, भन्छन्–‘करिअरदेखि सन्तुष्ट छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते ११:३५

नायक पुष्प खड्का आजबाट ३१ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा केही योजना बनाएतापनि विविध कारणले त्यो पुरा हुन नसक्ने उनले बताए ।

पुष्पले अनलाइनखबरसँग कुरा गर्दै भने–‘आज बर्थ डेमा केही योजना बुनेको थिएँ, तर पुरा हुन पाएन । तर, केही स्थानमा केक काट्ने कार्यक्रम छ, त्यहाँ पुग्छु ।’

चलचित्र क्षेत्रमा लागेको छोटो समयमा नै राम्रै सफलता कमाएका पुष्प करिअरदेखि सन्तुष्ट रहेको बताउँछन् । उनले भने–‘मैले पाएको सफलताबाट म सन्तुष्ट छु । कहिलेकाही मैले गरिरहेका कामहरु राम्रो बाटोमा छन् या छैनन् भन्ने पनि लाग्छ । तर, साथीहरुले हौसला दिएपछि ढुक्क हुन्छु ।’

चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका यी नायकले करिअरमा अझ धेरै काम गर्न बाँकी रहेको सुनाए । पुष्पले भने–‘संघर्ष त जिन्दगीमा कहिले पनि सकिदैन । अहिले नाम चलेका कलाकारले पनि जीवनमा संघर्ष नै गरिरहनुभएको छ । एउटा चलचित्र गरेपछि फेरि अर्को चलचित्रको कथा कस्तो आउँछ र आफूले कस्तो भूमिका निर्वाह गर्न पाउँछु भन्ने सोच सधै आउँछ ।’

पुष्पले चलचित्र क्षेत्रमा लागिरहँदा आफूले ‘परिवारवाद र समुहवाद’को महशुश नगरेको बताए । उनी भन्छन्–‘एउटा राम्रो टिम बनाएर काम गर्दा त्यसलाई ग्रुपिज्म भन्न मिल्दैन होला ।’

चलचित्र ‘चालबाज’को छायांकनमा व्यस्त रहेको समयमा लकडाउन भएकाले केही काम बाँकी रहेको बताउने पुष्प एउटा नयाँ चलचित्र आफूले साइन गरेको बताउँछन् ।

पुष्पले गतबर्ष रिलिज भएको चलचित्र ‘मारुनी’बाट राम्रो प्रतिक्रिया पाएका थिए । नायक खड्कालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?