 
																			५ साउन, विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका युवकको घरमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
शुक्रबार गाउँपालिकाको कार्यालयमा अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केराबारी गाउँपालिका १० का ३४ वर्षीय ‘भाले’ भनिने भवन ठकुरीको घरमा खोजतलास गर्दा तीन ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।
पटके कर उठाउन नपाएको भन्दै अध्यक्षमाथि कार्यकक्षमै खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका ठकुरीको घरमा लागूऔषध भेटिएपछि ‘लागुऔषध र ज्यान मार्ने उद्योग मुद्दा’ म्याद थप गरी अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
शुक्रबार दिउँसो ठकुरीले केराबारी गाउँपालिका उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्ष भित्र अध्यक्ष कार्कीमाथि खुकुरी र चक्कु प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट घाइते भएका कार्कीको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4