Comments Add Comment

कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

६ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ थपिएका मध्ये १० जना दैलेखका हुने भने दुईजना सल्यानका रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिकाका ४ पुरुष, नारायण नगरपालिकाका दुई महिलासहित पाँचजना रहेका छन् भने गुराँस गाउँपालिकाका एक पुरुष रहेका छन् ।

अन्य दुईजना सल्यानको कुमाख गाउँपालिकाका र बनगाड कुपिन्डे नगरपालिकाका युवक रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७६१ पुगेको छ ।

यस्तै, मंगलबार दुई महिलासहित १४ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १५५३ पुगेको छ ।

कर्णालीमा २२२ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment