 
																			७ साउन, जनकपुरधाम । सर्लाहीमा सुतिरहेको अवस्थामा खाटबाट लडेर एक व्यक्तिको मृत्यु भएकाे छ । सर्लाहीको हरिपुर नगरपालिका-२ घर भई इश्वरपुर नगरपालिका-३ मा बस्दै आएका ४० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इश्वरपुर नगरपालिका-३ बस्ने सूर्यकुमार श्रेष्ठको घरमा सहयोगीको रुपमा बस्दै आएका श्रेष्ठ सुतिरहेकाे अवस्थामा खाटबाट लडेर घाइते भएका थिए ।
लालबन्दी मोडल अस्पताल र दरभंगा सिटी स्क्यान सेन्टर जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । मृतकको शवलाई जिल्ला अस्पताल सर्लाहीमा राखिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4