+
+
Shares

ब्राजिलमा एकैदिन थपिए ६७ हजार कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १२:२७

८ साउन, काठमाडौं । ब्राजिलमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ६७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ६७ हजार ८६० नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या ब्राजिलको लागि एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख २७ हजार ५१४ पुगेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८२ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८४ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म ब्राजिलमा १५ लाख ३२ हजार १३८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?