Comments Add Comment

कोरोना नियन्त्रणको विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

फाइल तस्वीर ।

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड-१९)को सामना  र नियन्त्रण गर्नका लागि  विशेष रणनीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले १२० दिनको लकडाउन अन्त्य भएको घोषणा गरेपछि सभापित देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना संक्रमण बढिरहेको भन्दै नयाँ रणनीति बनाएर काम गर्न सुझाव दिएका हुन् ।

सभापति देउवाले पीसीआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह गर्दै अहिले पनि क्वारेन्टिनहरु मापदण्डअनुसार बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।

विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धारलाई पनि तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरेका छन् ।

साथै, अविरल वर्षासँगै बाढी पहिरोको प्रकोपमा परी ठूलो जनधनको क्षति भएकोले उद्धार, राहत र विस्थापितको पुनर्स्थापनाको काम तीव्र गतिमा गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोनाको मारमा परेका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनबाट अघि सारिएका मागलाई समेत गम्भीरतापूर्वक लिन सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment