+
+
Shares

सन् २०२१ अघि कोरोनाविरुद्धको खोप आउँदैन : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १६:०५

८ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का इमेर्जेन्सिज प्रोग्रामका प्रमुख माइक रयानले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँछ भन्ने अपेक्षा नरहेको बताएका छन् । उनले अहिले शोधकर्ताहरुले खोप निर्माणमा राम्रो प्रगति हासिल गरेका भए पनि २०२१ भन्दा अघि खोपको पहिलो प्रयोग हुने अपेक्षा गर्न नसकिने बताएका हुन् ।

बुधबार उनले डब्ल्यूएचओले खोप निर्माणपछि सबै मुलुकमा न्यायोचित वितरण होस् भन्ने सुनिश्चित गर्नको लागि काम गरिरहेको पनि बताएका छन् । यद्यपि अहिलेको समयमा कोरोना भाइरस नियन्त्रणको लागि कदम चाल्नु नै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

पछिल्लो समय निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै रयानले चिन्ता व्यक्त गरे । उनले खोप निर्माणको कार्यमा प्रगति भइरहेको र केही खोप अहिले क्लिनिकल परीक्षणको तेस्रो चरणमा रहेको पनि बताए । अहिलेसम्म कुनै खोप पनि सुरक्षा र प्रतिरोधी क्षमता विकासको मामिलामा असफल नभएको रयानले उल्लेख गरे ।

डब्ल्यूएचओले अहिले सम्भावित खोपको उत्पादन क्षमता र पहुँच विस्तारको लागि काम गरिरहेको रयानको भनाइ छ । उनले यो खोप धनी वा गरिब मानिसका लागि नभई सबै मानिसको पहुँचमा पुर्‍याइने बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?