Comments Add Comment

साम्राज्ञीविरुद्ध भुवनले गरे मुद्दा दायर

नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बिहीबार मुद्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाडौंमा साम्राज्ञीविरुद्ध मानहानीको  मुद्दा दर्ता गरेका हुन् ।

नायक केसी र नायिका शाहबीच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो । साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरी केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् ।

साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को विषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुर्व्यवहारको आरोपको विषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको बुझिएको छ ।

नायक केसीले भने यो विषयमा केही पनि बोल्न चाहेनन् । उनले, अब यो विषय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदालतले नै फैसला गर्ने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment