+
+
Shares

पहिरोले गोरखाको नौली खोला थुनियो, जोखिममा परेकालाई सुरक्षित स्थानमा सारियो

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ साउन १० गते १०:२५

१० साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ ।

शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीय विरबल गुरुङले बताए । ‘हिजो बेलुकी सात बजेदेखि पहिरो खस्न शुरु गरेको हो,’ उनले भने, ‘माथि डाँडाबाट खसेको पहिरो गएर खोलामा थुप्रियो, राति दश बजेतिर लापु गाउँको मापु भन्ने ठाउँमा खोला नै थुनियो ।’ अहिले पनि पहिरो नरोकिएको उनले जानकारी दिए ।

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको उनले बताए । ‘अहिले खोला पूरै थुनिएको छ, बाँध फुट्यो भने लापुबेसीलाई पनि खतरा छ,’ उनले भने ।

जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो अझै रोकिएको छैन, माथि दुई वटा ठुला ढुङ्गा छन् त्यो खस्यो भने झन् खतरा छ,’ उनले भने । पहिरोका कारण मापुडाँडामा रहेको गोठ पनि भत्किएको र चार वटा गाई समेत वेपत्ता भएको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा सेना र प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘सुरक्षा टोली जाँदै छन्, त्यहाँको अवस्था हेरेपछि कसरी खोल्न सकिन्छ त्यहीअनुसार हामी अघि बढ्छौ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?