+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पालुङटार विमानस्थल स्तरोन्नति गरिँदै

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ साउन १२ गते ७:५१

१२ साउन, गोरखा । गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्ने तयारी गरिएको छ । स्तरोन्नतिका लागि ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

‘विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको हो,’ प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने, ‘काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग असार ३१ गते ठेक्का सम्झौता भइसक्यो ।’ सम्झौताअनुसार आगामी असार मसान्तसम्म काम सक्नुपर्नेछ ।

‘रनवे लाई सफा गरी ग्राभेल गरेर कम्प्याक्ट गर्छौं, एयरपोर्ट वरपर चेन लिंक फेन्स (एयरपोर्ट क्षेत्रमा लगाइने तारबार) लगाउँछौ,’ उनले भने । तारबार लगाएसँगै पशुचौपाया छिर्न नसक्ने उनले बताए ।

बिमानस्थलको अतिक्रमित जग्गामा डोजर लगाइने उनले जानकारी दिए । ‘यो वहुवर्षीय योजना हो, अहिलेको बजेटले छोटो दुरीका साना जहाज उडान गर्न मिल्ने गरी स्तरोन्नती गर्छौं, पछि रकम थप्दै स्तरोन्नति हुँदै जानेछ,’ उनले भने ।

करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?