+
+
Shares

रिडी–रुद्रवेणी–वामी सडक एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १७:५४

१२ साउन, गुल्मी । अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक खण्ड सोमबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिबार रुरुक्षेत्र गाउँपालिका–१ स्थित कालिगण्डकी करीडोर सडक अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाउन स्क्साभेटहरु प्रयोग गरिए पनि पानी पर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन तीन दिन लागेको हो । पहिरो पन्छाउने काम भएसँगै सोमबार साँझबाट सडकमा एकतर्फी रुपले सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

ग्रामीण भेगका कच्ची सडक वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डाखुल्डी हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?