+

ब्रोडले पूरा गरे ५०० टेष्ट विकेट

२०७७ साउन  १३ गते १८:१६ २०७७ साउन १३ गते १८:१६
ब्रोडले पूरा गरे ५०० टेष्ट विकेट

१३ साउन काठमाडौं । इंग्ल्यान्डका फास्ट बलर स्टुअर्ट ब्रोडले ५०० टेष्ट विकेट पूरा गरेका छन् ।

घरेलु मैदानमा भइरहेको वेष्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टेस्ट अन्तर्गत मंगलबार एक विकेट लिँदै ब्रोडले उक्त उपलब्धि हासिल गरेका हुन् ।

उनले क्रेग ब्रेथवेटको विकेट लिँदै ५०० विकेटको कोसेढुंगा पार गरेका हुन् ।

टेष्टमा ५०० विकेट लिने ब्रोड विश्वको सातौं बलर हुन् भने इंग्ल्यान्डका दोस्रो बलर हुन् । यसअघि जेम्स एन्डरसनले यस उपलब्धि हात पारेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय