+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

होटलमा आइसोलेसन बनाउन दिने वीरगञ्जका व्यवसायीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते ९:११

१४ साउन, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुले आइसोलेसनका लागि न्युनतम मूल्यमा होटल दिने घोषणा गरेका छन् । कोभिड अस्पताल बनाउन समय लाग्न सक्नेतर्फ संकेत गर्दै उनीहरुले होटलहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् ।

वीरगञ्जमा आइसोलेसन कक्ष पर्याप्त नहुँदा अझै पनि ४८ जना कोरोना संक्रमित घरमै बसीरहेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष बुद्धि प्रसाद पन्त (हरि)ले आइसोलेसन बनाउन एट्याच ट्वाइलेट–बाथरूम भएको होटलका २ सय बेड उपलब्ध गराउन सक्ने जानकारी दिए । ‘वीरगञ्जमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको छ । आइसोलेसनमा बेडको अभावले राख्न नसकेर कतिपयलाई घरमै पनि राखिएको छ । प्रायः घरमा संक्रमित र अन्यले एउटै ट्वाइलेट बाथरुम प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘यसले घरका अन्य सदस्य पनि सजिलै संक्रमित हुने र स्थिति झन् विकराल बन्न सक्छ । ४ जना व्यवसायी आइसोलेसनका लागि होटल दिन तयार छन् । २ सय बेड जति हामी व्यवस्थापन गर्न सक्छौं ।’

तत्काल आइसोलेसन बेडलगायत भौतिक पूर्वाधार निर्माणका लागि खर्च र समयको व्यवस्थापन असम्भव देखिएकाले आफूहरु यस्तो निर्णयमा पुगेको व्यवसायीहरुको भनाइ छ ।

‘वीरगञ्जको गम्भीर परिस्थितिलाई बुझ्दै जोखिम मोलेरै भए पनि तत्कालीन समस्याको समाधानका लागि विकल्प हुन सक्छ भनेर यस्तो निर्णयमा पुगेका हौं,’ एक होटल व्यवसायीले भने, ‘सरोकारवाला निकायले के कस्तो निर्णय गर्छ त्यसैअनुसार अघि बढ्ने हो ।’

काठमाडौंमा एउटा तारे होटलमा नेपाल एयलाइन्सको कोभिड संक्रमित कर्मचारी राखिएकाले वीरगञ्जमा पनि राख्न सकिने तर्क उनीहरुको छ । पर्सामा स्थानीय प्रशासनले पनि पेड आइसोलेसनको अवधारणामा जाने निर्णय गरिसकेको छ ।

यसरी बनाइने आइसोलेसन सेन्टर स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको सहमति र निगरानीमा रहने गरी स्थापना र सन्चालन हुनुपर्ने शर्त प्रशासनको छ ।

बारा, पर्साका विभिन्न उद्योग प्रतिष्ठानले लकडाउन जारी रहेकै बखत भारतबाट लुकाएर मजदुर ल्याएका कारण कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । सोही क्रममा प्रशासनले मंगलबार जगदम्बा इन्टरप्राइजेज सिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?