
१४ साउन, काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा ९८१ नयाँ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या जापानमा कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो ।
यसअघि गत जुलाई २३ मा जापानमा ९६६ नयाँ संक्रमित भेटिएका थिए । जापानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ हजार ६१३ पुगेको छ । साथै एक हजार १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
जापानको ओसाका र आईचीमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए । ओसाकामा १५५ र आइचीमा ११० नयाँ संक्रमित भेटिएका हुन् ।
स्रोत : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4