
१४ साउन, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । अबिरल वर्षासँगै गएको पहिरोले आठबीस-५, मालाचौरका ६ घर विस्थापित भएका हुन ।
बुधबार बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने तीन घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
पहिरोले मानविय क्षती नभए पनि ठूलो धनजनको क्षति भएको दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि वलीले जानकारी दिए ।
घटनास्थलमा प्रहरीको टोली खटिएको र जनप्रतिनिधि र स्थानीयसहितको संयुक्त टोलीले उद्घार र व्यवस्थापनको काम गरिरहेको डीएसपी वलीले बताए ।
अबिरल वर्षाका कारण जोखिममा परेका घर परिवारलाई तत्कालका लागि त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाउने काम भैरहेको आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4