Comments Add Comment

ओभरसिज बजार अस्तव्यस्त, महंगो बजेटमा फिल्म बनाउँदा जोखिम

कोरोना भाइरसपछि नेपाली चलचित्रको बजार कसरी अगाडि बढ्छ भन्ने विश्लेषण भैरहेको छ । प्रदर्शक, वितरक तथा निर्माता हल खोल्नुपर्छ भन्ने दौडमा लागेका छन् । तर, हल खुलेपनि तत्काल दर्शकलाई कुन चलचित्र देखाउने भन्ने समस्या भने छ ।

कोरोनापछि चलचित्रको कथा भन्ने शैली परिवर्तन हुनुपर्छ भन्ने चर्चा पनि चलिरहेको छ । किनकी, अब महंगो बजेटमा चलचित्र बनाउँदा लगानी उठ्ने संभावना छैन ।

नेपाली चलचित्रका निर्माताका लागि राम्रो आम्दानीको श्रोत मानिएको ओभरसिज बजार अहिले अस्तव्यस्त छ । यसै त, विदेशी बजारमा पछिल्लो समय नेपाली चलचित्रले गतिलो व्यापार गर्न छाडेका थिए ।

विदेशमा प्रदर्शन हुने अधिकांश नेपाली चलचित्रले दर्शक झुक्काएपछि दर्शक आउन छाडेका थिए । निर्माता, स्थानिय वितरकको बलले केही दर्शक हलसम्म आएर चलचित्र हेरिरहेका थिए । अब, तत्काल विदेशी बजारबाट राम्रो आम्दानी हुने संभावना पनि छैन । यसैले, प पनि ओभरसिजबाट राम्रो रकम कमाउँदै आएका निर्माताहरु चलचित्र निर्माणबाट पछि हटेका छन् ।

यस्तो अवस्थामा महंगो बजेटमा चलचित्र बनाउँदा निर्माताको लगानी जोखिममा पर्ने निश्चित छ । नायक दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल, अनमोल केसी लगायतका नायकहरुका चलचित्रले विदेशी बजारबाट राम्रो रकम कमाउँदै आएका थिए । निर्माता माधव वाग्ले भन्छन्–‘मैले विदेशबाट ६८ लाखसम्म रकम वुझेको छु । तर, तत्काल अब यो संभव छैन । यसैले महंगो रकममा चलचित्र बनाएर नेपालबाटै लगानी उठाउन निर्माताले सक्दैनन् ।’

यस्तो अवस्थामा, आफ्नै परिवेशको बिषय छानेर चलचित्र बनाउनु उत्तम विकल्प हो । दर्शकलाई महंगा क्यानभास भन्दा पनि स्तरिय र मन छुने कथामा भिजाउन आवश्यक छ । होइन भने निर्मातालाई लगानी उठाउन निकै ठूलो समस्या पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment