Comments Add Comment

पाल्पामा कृष्ण जन्माष्टमीसम्मका सबै जात्रापर्वको कार्यक्रम रद्द

१५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पाल्पाले श्रीकृष्ण जन्माष्टमीसम्मका सबै जात्रा पर्व रद्द गर्ने निर्णय गरेको छ ।

साउन ११ मा जिल्ला प्रशासन कार्यालयमा बसेको सबै स्थानीय तह, गुठीयार र गुठी संस्थानका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् ।

उनका अनुसार बैठकमा प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विश्व हिन्दू महासंघ, विभिन्न गुठीसँग सम्बन्धित संघ संस्थाहरू र सरोकारवालाको उपस्थिति थियो ।

सहायक प्रजिअ बञ्जाडेले भनिन् ‘बैठकले भगवती जात्रा, रोपाईं जात्रा, भिमसेन, चुईकी जात्रा, अमर नारायण र गणेशको जात्रा जस्ता महोत्सव यस वर्ष नगर्ने निर्णय गरिएको हो ।’

बन्जाडेले अहिले श्रीकृष्ण जन्माष्टमी पछि कोरोनाको असर हेरेर पुनः निर्णय गर्ने निर्णय समेत भएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment