Comments Add Comment

जलेश्वरमा शुक्रबारदेखि निषेधाज्ञा लगाउने निर्णय

१५ साउन, जनकपुरधाम । कोरोना संक्रमण बढ्न थालेपछि महोत्तरीको दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरिने भएको छ ।

सदरमुकाम जलेश्वरसहित महोत्तरी गाउँपालिकाको दुई वडामा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए । बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समितिको निर्णयले शुक्रबार रातिदेखि दुई ठाउँमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

दुबै ठाउँमा शुक्रबार राति ११ बजेदेखि ५ दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए । महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मा मात्रै निषेधाज्ञा लगाइने उनले बताए ।

महोत्तरीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ भने मृतकको शव व्यवस्थापनमा खटिएका तीन जना नेपाली सेना, मृतकका दुई जना पारिवारिक सदस्य र ५ जना छिमेकी संक्रमित पाइएका छन् ।

प्रमुख जिल्ला अधिकारी कटुवालले मास्क नलगाउने र भीड बढी हुने भएकाले संक्रमणको जोखिम बढेकाले निषेधाज्ञा लगाउने निर्णय भएको बताए । यसअघि बिहीबारै जलेश्वर नगरपालिकाले अति आवश्यक कामकाजसहित सबै कामकाज अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment