Comments Add Comment

२४ घण्टामा विश्वभर २ लाख ९२ हजारभन्दा धेरैमा कोरोना संक्रमण

१७ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनेको छ, शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संगठनका अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका देशहरुमा ब्राजिल, अमेरिका, भारत, दक्षिण अफ्रिका र कोलम्बिया छन् ।

ब्राजिलमा ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार शुक्रबार एकैदिन विश्वभर ६ हजार ८ सय १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसैबीच डब्ल्यूएचओका प्रमुखले कोरोना महामारीको असर विश्वले दशकौंसम्म महसुस गरिरहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment