१८ साउन काठमाडौं । इटालियन क्लब लाजियोका स्ट्राइकर सिरो इम्मोबाइलले सिरी ए र युरोपियन गोल्डेन बुट जितेका छन् ।
यस सिजन सिरी मा सर्वाधिक ३६ गोल गरेका उनले दुवै अवार्ड जितेका हुन् ।
तेस्रो पटक सिरी ए को सर्वाधिक गोलकर्ता बनेका इम्मोबाइलले युरोपियन गोल्डेन बुट भने पहिलो पटक जितेका हुन् .
उनले त्यसका लागि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई पछि पारे । इम्मोबाइलले ३६ गोलबाट ७२ अंक जोड्दा लेवान्डोस्कीले ३४ खेलबाट ६८ अंक जोडेका थिए ।
सिरी ए मा भने इम्मोबाइलपछि रहेका रोनाल्डोले ३१ गोल गरे । उनले यसअघि २०१४ र २०१८ मा सिरी एमा सर्वाधिक गोल गरेका थिए ।
प्रतिक्रिया 4