
१८ साउन, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या आठ लाख ५० हजार नाघेको छ । रुसको कोरोना भाइरस टास्क फोर्सले आइतबार दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ५० हजार ८७० पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका पाँच हजार ४२७ नयाँ संक्रमित थपिएका छन् ।
रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १४ हजार १२८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसको कारण ७० जनाको मृत्यु भएको हो । कोरोना भाइरसका संक्रमित संख्याको आधारमा रुस विश्वको चौथो सबैभन्दा बढी प्रभावित मुलुक हो ।
स्रोत : रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4