Comments Add Comment

सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा

१८ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।

गत जेठ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण पर्वहरूमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार बिदा दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment