Comments Add Comment

मोरङमा ४६ सहित प्रदेश १ मा ५७ जनामा संक्रमण

१९ साउन, विराटनगर । मोरङका ४६ जनासहित प्रदेश १ मा सोमबार ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका ४६ मध्ये २२ जना विराटनगर महानगरपालिकाका छन् । जसमा सात जना प्रहरी, तीनजना स्वास्थ्यकर्मी, प्रदेश मुख्य न्यायान्याधिवक्तालगायत छन् ।

रंगेली नगरपालिकामा पनि २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित १३ पुरुष, ९ महिला छन् । कटहरी गाउँपालिकामा पनि २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाको अर्जुनधारामा ५ पुरुष, विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १२८ पुगेको छ ।

यस्तै प्रदेश १ बाट ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment