+
+
Shares

ठगीको आरोपमा अमेरिकी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १७:२८

१९ साउन, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ठगीको आरोपमा एकजना अमेरिकी नागरिक पक्राउ परेका छन् ।

अमेरिकामा संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने आश्वासन दिएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा अमेरिकी नागरिक ६५ वर्षीय डेनियल ली मेक्गीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मेक्गीले कोटेश्वरमा रहेको टुकनारायण श्रेष्ठको ‘एटलस सेक्युरेटि प्रालि’लाई अमेरिकामा दर्ता गरी पार्टनरसीप बनाउने आश्वासन दिएर ठगी गरेकाे प्रहरीले जनाएको छ ।

सुजन थापा र सन्दीप कार्कीलाई समेत विजनेस भिषामा अमेरिका लैजान्छु भन्दै प्रति व्यक्ति ५ लाख रुपैयाँ ठग्ने प्रयास गरिरहेकै समयमा उनलाई आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेक्गी पर्यटकको रुपमा नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?