Comments Add Comment

कोरोना : विश्वमा के हुँदैछ ?

वैश्विक महामारी कोरोना भाइरस नियन्त्रणका प्रयासहरु त्यती सफल भएको छैन । यसबाट अहिलेसम्म सात लाख बढीको मृत्यु भइसकेको छ । १ करोड ८६ लाख बढी संक्रमित छन् । कोभिड–१९ ले सबैभन्दा बढी अमेरिकालाई सताएको छ । दोस्रो नम्बरमा ब्राजिल छ भने तेस्रोमा छिमेकी मुलुक भारत । यस महामारीबाट मृत्यु हुनेमा अमेरिका पहिलो नम्बरमा छ । ब्राजिल दोस्रो, मेक्सिको तेस्रो र बेलायत चौथो स्थानमा छ । भारत पाँचौं स्थानमा छ ।

विश्वको महाशक्ति मानिने अमेरिकामा कोरोनाबाट अहिलेसम्म ४८ लाख २ हजार २ सय बढी संक्रमित भइसकेका छन् । एक लाख ५७ हजार ४ सय बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा अहिलेसम्म २८ लाख एक हजार ९ सय बढी संक्रमित भइसकेका छन् । यसको चपेटाबाट ९५ हजारको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतको स्थिति पनि नाजुक छ । ‘कोभिड–१९ डट ओआरजी इन्डिया’को आंकडा अनुसार भारतमा कोरोना संक्रमितको संख्या साढे १९ लाख नाघेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५६ हजार बढी संक्रमित देखिएका छन् । यस अवधिमा ४० हजार ७ सय बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

रुस कोभिड–१९ को सन्दर्भमा चौथो नम्बरमा छ । त्यहाँ आठ लाख, ६४ हजार ९ सय बढी कोरोना संक्रमित भइसकेका छन् । १४ हजार ४ सय बढीले ज्यान गुमाइसकेका छन् । दक्षिण अफ्रिकामा पनि कोरोनाको महामारी बढ्दो छ । त्यहाँ अहिलेसम्म पाँच लाख २१ हजार बढी संक्रमित भइसको छन् । मृत्यु हुनेको संख्या ९ हजारको हाराहारीमा छ ।

मेक्सिकोमा कोरोनाबाट अहिलेसम्म चार लाख ४९ हजार ९ सय बढी संक्रमित भइसकेका छन् । यस भाइरसबाट त्यहाँ ४८ हजार ८ सयले ज्यान गुमाएका छन् । पेरुमा पनि अवस्था खराब छ । त्यहाँ संक्रमितको संख्या ४ लाख ३९ हजार नाघेको छ । २० हजारले ज्यान गुमाइसकेका छन् । कोरोनाबाट प्रभावित मुलुकको सूचीमा चिली आठौं नम्बरमा छ । त्यहाँ कोरोनाबाट अहिलेसम्म तीन लाख ६४ हजार बढी संक्रमित छन् । मृतकको संख्या ९ हजार नाघेको छ ।

कोलम्बियामा कोराना भाइरसबाट तीन लाख ३४ हजार प्रभावित छन् । एघार हजारले ज्यान गुमाइसकेका छन् । इरानमा यो महामारीबाट तीन लाख १७ हजार संक्रमित छन् भने १७ हजारले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment