Comments Add Comment

१६ सशस्त्र प्रहरीसहित प्रदेश १ मा थपिए ६६ संक्रमित

२२ साउन, विराटनगर । प्रदेश १ मा बिहीबार थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । १५ सशस्त्र प्रहरी कर्मचारीसहित ६६ संक्रमित थपिएका हुन ।

बुधबार १ र बिहीबार १५ गरी इलाममा थप १६ जना सशस्त्र प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

उनका अनुसार ६० जनाको कोरोना जाँच गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै इलाममा संक्रमित सशस्त्र प्रहरी कर्मचारीको संख्या ४६ पुगेको छ । यसअघि सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गण इलाममा कार्यरत २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार मोरङमा २४ संक्रमित थपिएका छन् । जसमा २१ जना विराटनगरका हुन् । सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ११ पुरुष र १० महिलामा संक्रमण देखिएको छ । विराटनगरका १३ जनामा कोशी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै बेलबारीमा २ र रंगेलीमा १ पुरुषमा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष, १ महिलामा संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । संक्रमित मध्ये ९०५ जना डिस्चार्ज भएका छन् । बिहीबार मात्र १८ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ । चारमध्ये दुई जना विराटनगर, एक जना रंगेली र एकजना सुनबर्षी नगरपालिकाका हुन । मृतकमध्ये ३ जना ४५ वर्ष उमेरका छन् । एक जना ७७ वर्षका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment