Comments Add Comment

टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

२३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अब ४५ दिनपछि अमेरिकामा टिकटक र विच्याटमाथि प्रतिबन्ध लाग्नेछ । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितको लागि यो निर्णय आवश्यक रहेको बताएका छन् ।

अहिले ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशमा अबको ४५ दिनमा टिकटकको मातृ कम्पनी बाइटडान्ससँगको कुनै पनि कारोबारमा प्रतिबन्ध लाग्नेछ । अमेरिकी कम्पनी माइक्रोसफ्ट अमेरिकामा टिकटकको व्यापार खरिद गर्न चाहन्छ ।

ट्रम्पको आदेशपछि अब माइक्रोसफ्टमाथि अब खरिद प्रक्रिया सकाउन कम मात्र समय बाँकी छ । ट्रम्पले अमेरिकामा विच्याटमाथि पनि प्रतिबन्धको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । विच्याटको मातृ कम्पनी टेन्सेन्ट हो । ट्रम्पको यो आदेशसँगै टेन्सेन्टको शेयरको मूल्य पनि घटेको छ ।

ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीले निर्माण गरेको मोबाइल एपको विस्तारसँगै अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा खतरा उत्पन्न भइरहेको बताएका छन् ।

टिकटकले सन् २०१७ बाट अमेरिकामा आफ्नो सेवा शुरु गरेको थियो । त्यसपछि बाइटडान्सले अमेरिका र युरोपका युवामा लोकपि्रय रहेकेा म्युजिकल्ली नामको एक भिडियो सेवा खरिद गरेको थियो । अहिले विश्वभर टिकटकका ५० करोड र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् । टिकटक प्रयोगकर्ताको ठूलो हिस्सा २० वर्ष वा सोभन्दा कम उमेरका छन् ।

माइक्रोसफ्टले टिकटकको अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको बजारमा आफ्नो अधिकारको लागि अहिले वार्ता गरिरहेको छ । माइक्रोसफ्टले सेप्टेम्बर १५ सम्म यस विषयमा सम्झौता पूरा हुन सक्ने अपेक्षा व्यक्त गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment