+
+
Shares

गुल्मीमा घरमाथिबाट खसेको ढुंगाले लागेर ४ जना घाइते

अनिल खत्री अनिल खत्री
२०७७ साउन २८ गते ७:१७
फाइल तस्वीर

२८ साउन, तम्घास । गुल्मीमा घर माथिबाट खसेको ढुंगाले लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमा हरि खरेलको घर माथिबाट खसेको ढुंगाले लागेर भाडामा बस्दै आएका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार, ६५ वर्षीय मानबहादुर सुनार, ३० वर्षकी पुतली सुनार र ४० वर्षका विष्णु सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमै तीन जनाको परिवार विस्थापित भएका छन् । वर्षासँगै ढुंगा खस्ने र पहिरोसमेत जानसक्ने भएकाले छबि खरेल, मोटु कुमाल र मनबहादुर सुनारको परिवार विस्थापित भएका छन् । उनीहरुको परिवारलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसअघि यही साउन १६ गते गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि खसेको ढुंगाले थिचिएर एकै परिवारका चार जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?