Comments Add Comment

विश्वकप छनोटका खेलहरु फेरि स्थगित

२८ साउन, काठमाडौं । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिता अन्तर्गत बाँकी रहेका खेलहरु फेरि स्थगित भएका छन् ।

कोरोना भाइरस महामारीले गर्दा यसअघि स्थगित भएर अक्टोबर-नोभेम्बरमा गर्ने तयारी भएको छनोटका बाँकी खेलहरु पुनः स्थगित भएका हुन् ।

एएफसीले बुधबार विज्ञप्ति जारी गर्दै अक्टोबर नोभेम्बरमा तय भएको खेलहरु स्थगित भएको र अब उक्त खेलहरु २०२१ मा हुने जनाएको छ । तर कुन मितिमा हुने निर्णय भने भएको छैन ।

फिफा एएफसीले दुवै मिलेर खेलहरु स्थगित गर्ने निर्णय गरेको एएफसीले जनाएको छ ।

अब कोरोनाको अवस्था हेरेर नयाँ मिति तय गरिने एएफसीले जनाएको छ ।

छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले अब ३ खेल खेल्ने बाँकी छ । अक्टोबर र नोभेम्बरमा खेल हुने भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल खेलाडी पीसीआर समेत टेस्ट गरेको छ र नतिजा आउन बाँकी छ । यस्तै भदौबाट एन्फाले खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको छ । तर २०२० मा छनोट खेल नहुने भएपछि खेलाडीले अब अन्तर्राष्ट्रिय खेल खेल्न कम्तीमा ६ महिना कुर्नुपर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment