Comments Add Comment

कृष्णनगरबाट साढे २४ लाख भारु बरामद

२८ साउन, बुटवल । कपिलवस्तुको कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्राइएको साढे २४ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान सो रकम बरामद गरेको हो ।

भारतबाट आएका एक व्यक्तिले सेनिटाइजर र औषधिको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटरभित्र नेपाली क्षेत्रमा गरिएको चेकजाँजका क्रममा सुरुमा ती व्यक्तिले झोला खोलेर सेनिटाइजर र औषधि भन्दै गस्तमिा रहेको सशस्त्र प्रहरीको टोलीलाई झुक्याउन खोजेका थिए । तर सशस्त्र प्रहरीको टोलीले शंका लागेर झोलामा हेर्न थालेपछि ती व्यक्ति रकमसहितको झोला छोडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरका गुल्मपती प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले बताए ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी ( ३९ लाख २० हजार रुपैयाँ) रहेको शाहीले बताए । बरामद रकम राजश्व अनुसन्धान कार्यालयमा बुझाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment