 
																			३० साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
हाल इमर्जेन्सी विभाग सिल गरिएको छ ।
नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए । यद्यपि उनीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी छ।
योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।
इमरजेन्सी विभागका एक सयचभन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ । उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् ।
इमर्जेन्सी विभागको चिकित्सकहरुको रिपोर्ट आएपछि मात्र इमर्जेन्सी विभाग खुल्ने/नखुल्ने विषयमा निर्णय हुनेछ।
                    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4